d

नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आफ्ना नेताहरूको घर अगाडि प्रेसर कुकर बम राखेको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटीले आपत्ति जनाएको छ । एमालेका नेता द्वय स्थायी कमिटी सदस्य पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्म्मत कार्की तथा जिल्ला कमिटी अध्यक्ष दीपक कार्की तथा  पार्टी केन्द्रीय अनुशासन विभाग सदस्य लिला कट्टेल कार्कीको गौरादह वडा नं. ३ स्थित निवासमा असार १० गते प्रेसर कुकरमा विद्युत् जडान गरी बम राखेको घटनामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो । 

 उक्त अवाञ्छित आतङ्क फैलाउने घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तीमा माग गरिएको छ।  

सचिव  शिव ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको अधिकार प्रयोग गर्दै संविधानसभाबाट संविधान निर्माण भई सोही बमोजिमका संवैधानिक अधिकारहरू प्रयोग गर्न र स्वतन्त्र रूपले आफ्ना अभिव्यक्तिहरू राख्न संवैधानिक व्यवस्था हुँदा हुँदै देशको संविधान, कानुन र जनअधिकारको बर्खिलाप हुने गरी समाजमा फैलाउने अराजक गतिविधिहरू मौलाई रहेका छन् ।’ समाजको शान्ति, सुरक्षा, अमन चयन खलबलाउने गरी र मानवीय क्षति तथा धनजनको क्षति हुने गरिएका यस्ता क्रियाकलाप जोसुकैले गरेको भए पनि क्षमायोग्य नभएको पार्टीले बताएको छ। प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई लक्षित यो घटनाले सर्वसाधारण र स्वयम् हाम्रो पार्टी पङ्क्तिलाई गम्भीर बनाएको विज्ञप्तिमा भनिएको छ । 

Views: