d

देउवा सरकारले पूर्व राष्ट्रप्रमुखको  अपमान गरेको राप्रपाको आरोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा सरकारले पुर्व राजाको अपमान गरेको आरोप लगाएको छ।  प्रवक्ता मोहन कुमार श्रेष्ठले मन्त्रिपरिषद् बैठकमै पूर्वराजाको  अपमान भएको बताएका हुन्।   

सामाजिक संजालमार्फत उनले पूर्व राष्ट्रप्रमुख राजा ज्ञानेन्द्र शाहलाई राज्यले यसपटक पनि मर्यादाक्रममा नसमेट्नु आपत्तिजनक भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘लामो इतिहास बोकेको र नेपाल निर्माणमा योगदान दिएको संस्थालाई अवमूल्यन गरिनु इतिहासप्रतिको अपमान हो । इतिहासको अपमान गर्नेहरु कालान्तरमा आफै अपमानित हुनेछन्, त्यस्तो नहोस् ।’ मन्त्रिपरिषदले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्नेसमेत उनले बताएका छन् ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएकोमा त्यसलाई मन्त्री परिषदले अस्विकार गरेको थियो।  

Views: