d

स्थानीय तहको चुनावले एमालेलाई राम्रो संकेत दियो : शंकर पोखरेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनावी नतिजाले एमालेका लागि राम्रो संकेत दिएको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सत्तारुढ दलहरूले एक्लै चुनाव लडेको स्थानको तुलनामा गठबन्धन गरेका स्थानमा नै एमालेले बढी भोट ल्याएको भन्दै उनले यसलाई राम्रो संकेतका रूपमा उल्लेख गरेका हुन्। 

पाँचदलीय गठबन्धन भएको ठाउँमा एमालेको भोट राम्रो बढेको उनले दावी गरेका छन्।  


जहाँजहाँ पाँचदलीय गठबन्धन बन्यो त्यहाँ हाम्रो भोट ४१ प्रतिशत पुगेको छ। एउटा पार्टीको भोट यति पुग्नु भनेको असाधारण लोकप्रियता हो भन्ने बुझ्नुपर्छ,’ पोखरेलले भने।

Views: