d

प्याप्सनले शिक्षकमाथि ज्यादती गरेको इस्टुको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: प्याब्सन झापाले शिक्षकमाथि ज्यादती गरेको इस्टुले आरोप लगाएको छ।  ३५ दिने वार्षिक विदा कटौती गरेर १० दिनमा सिमित गर्दै क्यालेन्डर प्रकाशन गरेको भन्दै इस्टु झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

झापा इस्टु संग प्याब्सन र एनप्याब्सन बीच कम्तिमा ३५ दिन वार्षिक विदा गर्ने सहमति भएकोमा ८ / १० दिन मात्र विदा दिने गरि क्यालेन्डर प्रकाशन गरिनु दुर्भाग्यपूर्ण रहेको भन्दै इस्टुले विरोध गरेको हो।  

निजि बिद्यालय संचालकहरुले जथाभावी क्यालेन्डर प्रकाशन गरेको भन्दै उक्त विषय नसच्याए आन्दोलनका कार्यक्रम सशक्त रुपमा अगाडी बढाउने इस्टु झापा अध्यक्ष होमराज खतिवडा बताउछन्।  

'सहमति विपरित वहाँहरु जानु भएको छ, यो विडम्बना पूर्ण छ।', अध्यक्ष खतिवडाले बताए।   

 'प्रथम त्रैमासिक परीक्षा पछि १ हप्ता बिदा दिने गरि मात्र क्यालेन्डर बनाएर सोही अनुसार गर्न लागेको जानकारी जिल्लाब्यापी रुपमा  आएकोले सशक्त प्रतिकार सहित बिज्ञप्ति प्रकाशन गर्न इस्टु झापा  सबै पालिका कमिटीहरुलाई अनुरोध गर्दछ।', उनले भनेका छन्। 

उनले तत्काल निर्णय  सच्याउन माग गरेका छन्।  

प्याब्सनको आफूखुशी निर्णय श्रम ऐन विपरित भएको इस्टु प्रदेश सदस्य तथा पत्रकार सान नेपाल बताउछन्।

'यो विषय कम्पनी ऐन विपरित हो, कम्पनीमा दर्ता भएर संचालनमा आएका शिक्षण संस्थाले श्रमजीवी शिक्षकहरुको न्यूनतम अधिकार कटौती गर्नु कानून विपरित रहेको पत्रकार नेपालको टिप्पणी छ।  

सामुदायिक बिद्यालय संग प्रतिस्पर्धा झेलीरहेका निजी बिद्यालयहरुले  शिक्षकको भावना बुझेर कार्य गरे सबैको भलाई हुने उनी बताउछन् । 

तत्काल निर्णय नसच्याए इस्टुले  जिल्लाब्यापी  संघर्ष गर्ने इस्टु नेताहरुले बताएका छन्।  

 

Views: