d

किसानले मल नपाएको भन्दै देशव्यापी बिरोधमा उत्रिदै राप्रपा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास / असार १२, झापा: राप्रपा झापाले किसानहरुले समयमा मल / बिउ नपाएको भन्दै भोलि असार १३ गते देश व्यापी विरोध कार्यक्रम आयोजना गर्ने भएको छ।  खेतिपातीको समयमा बिउ / मलको उचित प्रवन्ध गर्न नसकेको भन्दै राप्रपाले देशव्यापी विरोध कार्यक्रम आयोजना गर्ने भएको हो।  

पहिलो चरणको कार्यक्रम अन्तर्गत प्रत्यक जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपा झापा अध्यक्ष केशब ओझाले बताए।  

अध्यक्ष ओझा भन्छन्, 'राष्ट्रिय प्रजातन्त्र पार्टी कृषकहरुको समस्या संग गम्भीर छ।  सरकारले समयमा मल / बिउ समयमा उपलब्ध गराउन नसक्दा धान रोप्ने समयमा कृषक वर्गले निरास हुनु परेको छ।' 

'हामीले पेट्रोलियम पदार्थको जथाभावी मूल्य बृद्दी गरेको विषयमा देशब्यापी आन्दोलन चर्कायौं, अन्तत: मूल्य घटाउन सरकार बाध्य भयो, अव बिउ / मलमा पनि हाम्रो आन्दोलन देशब्यापी हुनेछ।', अध्यक्ष ओझाले भने।  

Views: