d

दुर्घटना न्युनिकरण प्रयासमा ट्राफिक प्रहरी गौरादह, बिद्यार्थीहरुलाई प्रशिक्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 


गौरादह/ट्राफिक प्रहरी गौरादहले मुख्य सडक आसपासका बिद्यालयहरुमा अध्यानरत बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका छन। ट्राफिक प्रहरी गौरादहका प्रमुख लक्ष्मीप्रसाद ओझाकाे नेतृत्वमा खटिआएकाे टाेलीले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएकाे हाे।

 सडक दुर्घटनाकाे जाेखिमबाट हुने जनधनको क्षेतीकाे न्युनीकरण गर्न  मुख्य सडक आसपासमा रहेका बिद्यालयहरुमा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएकाे गौरादहका ट्राफिक प्रमुख लक्ष्मीप्रसाद ओझाले जानकारी गराए। मुख्य सडकहरुमा सवारीसाधन र पैदल यात्रीकाे चाप बढी हुदा दुर्घटनाको जाेखिम बढेकाले दुर्घटना घटाउन सचेतना कार्यक्रम संचालन गरिएकाे ट्राफिक प्रमुख ओझाले बताए।  

ग्रामीण सडककाे तुलनामा मुख्य सडकहरुमा सवारीसाधनकाे चाप बढी हुने भएकाले  मुख्य सडक आसपासका बिद्यालयलाई पहिलाे प्राथमिकतामा राखेर सचेतना कार्यक्रम गरिनुका साथै  दक्षिणी क्षेत्रमा रहेका सबै बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने लक्ष्य रहेकाे ट्राफिक प्रहरी प्रमुख ओझाले बताए।

बिद्यालय लाग्ने  र बिदा हुने समयमा बिद्यार्थीहरु सडक ढाकेर हिड्दा दुर्घटनाको थप जाेखिम रहेकाले सडक पेटीबाट हिडेमा दुर्घटनाबाट जाेगिन सकिने सचेतना कार्यक्रममा जानकारी गराएका छन । ट्राफिक प्रहरी गौरादहले आइतबार गौरादह -८ काे अरुणाेदय आधारभूत बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई ट्राफिक नियम पालना  सम्बन्धि प्रशिक्षण दिएका छन।

 

No description available.

 

 गौरादहका ट्राफिक प्रहरी प्रमुख लक्ष्मीप्रसाद ओझाले प्रशिक्षण दिदै  बिद्यार्थीहरुलाई दुर्घटना हुने कारणहरु , सडक दुर्घटनाबाट जाेगिने उपाय, पैदल यात्रीहरुले सडकमा हिड्ने र  सडक पार गर्ने तरिका, जेब्राक्रसिङकाे प्रयाेग गर्ने तरिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए। 

 

No description available.

 

अरुणाेदय आधारभूत बिद्यालयमा भएकाे ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक हल्दार चन्द्रलाल माझी र ट्राफिक सहायक हल्दार रमेश दुतराजकाे सहभागीता रहेकाे थियाे। ट्राफिक प्रहरी गौरादहले यस अघि जनता मा.बि., अमर मा.बि., प्रगति मा.बि. र सूर्यदय आधारभूत बिद्यालय गौरादहमा अध्यानरत बिद्यार्थीहरुलाई दुर्घटना न्युनिकरण र ट्राफिक नियमकाे पालना सम्बन्धि प्रशिक्षण दिइएकाे ट्राफिक प्रहरी प्रमुख ओेझाले बताए।

 

No description available.

Views: