d

 गणतन्त्रात्मक पार्टीको केन्द्रिय कमिटिनै समावेशी बन्न सकेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास / असार १३ काठमान्डौ:  राष्ट्रिय स्वतन्त्र पार्टी जन्मने बित्तिकै विवादमा तानिएको छ।  लामो समय अमेरिकामा बसेर विगत ४/५ वर्ष देखि नेपालमै संचारकर्मीको रुपमा देखापरेका रवि लामिछानेले निर्वाचनको मुखमा खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीले जन्मने वित्तिकै विवादमा तानिनु परेको हो।  कुनै पनि राजनीतिक पार्टीको नाम स्वतन्त्र राखिनु हुदैन भन्ने विवाद अन्तत: निर्वाचन आयोगको निर्णयमा भर पर्ने अवस्था आएको छ।  पार्टीको नाम स्वतन्त्र राख्न मिल्ने की नमिल्ने भन्ने विषय निर्वाचन आयोगमा छलफलको क्रममा रहेको छ।  
पार्टी सभापतिमा रवि लामीछाने स्वयम् रहने गरि राखिएको यस पार्टीमा हाल २१ सदस्यीय केन्द्रिय समितिको घोषणा गरिएको छ।  गणतन्त्रात्मक विचारधारामा खोलिएको पार्टीको केन्द्रिय समिति छनौट गर्दा समावेशी भने देखिदैन। 
समावेशिताको मर्म र भावना अनुसार भाषा, वर्ण, लिङ्ग, भूगोल, दलित, जनजाती, सिमान्तकृत समुदाय लगायतको प्रतिनिधित्व हुनुपर्ने हुन्छ।  लामिछानेले घोषणा गरेको पार्टीमा सबै पक्ष नसमेटिएको देखिन्छ।

 

केन्द्रिय सदस्यमा को कहाँ बाट ?

रवि लामिछाने - काठमान्डौ (पार्टी सभापति)
डोल प्रसाद आर्याल  - ज्वालामुखी ४ धादिङ्ग 
डा मुकुल ढकाल - विराटनगर ४ मोरंग 
दिपक राज बोहोरा - अमरगढी ३ डडेल्धुरा 
कविन्द्र बुर्लाकोटी - पालुङ्ग्टार ९ गोर्खा 
गणेश पराजुली - नागर्जुंग २ काठमान्डौ 
रामकृष्ण भट्टराई - मनकामना ८ नुवाकोट 
उपेन्द्र पाण्डे - आगिन्चोक ३ धादिङ्ग 
महेश्वर घिमिरे - रत्ननगर १ चितवन 
विपिन कुमार आचार्य टरिगाउँ २ दाङ्ग 
वसुमाया तामाङ्ग ज्वालामुखी ४ धादिङ्ग 
एलिजा गुरुङ - केरोजा १ गोर्खा 
कुशुम महर्जन - तारकेश्वर २ काठमान्डौ
सोबिता गुरुङ - जफे ६ दोलखा 
गीता रेग्मी - इनरुवा ३ सुनसरी 
डा प्रभात अधिकारी  चन्द्रेश्वर १ लमजुङ्ग 
रविना घिमिरे - केरावारी ६ मोरंग 
इस्रामुल्ला मिया - बेणीमणिपुर छ नवलपरासी 
डा राकेश यादव - कमलपुर ५ सिराहा 
विष्णु कुमार श्रेष्ठ चैनपुर ७ धादिङ्ग 
प्रमिला कुलुजू भक्तपुर ४ भक्तपुर् 

  

Views: