d

जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी-७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ। यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी-७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं।’ जी-७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन्।

पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए। उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए।

Views: