d

गौरादह ५ मा रतुवाखोलाको बाँध फुट्यो, विस्थापितहरु बजारका टहरामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पछिल्लो ४८ घण्टा देखि निरन्तर रुपमा भएको भारी वर्षाका कारण गौरादह ५ र ६ का सयौं घर परिवार विचल्लीमा परेका छन्।  वर्षौं देखि यहाँका वासिन्दाको लागि टाउको दुखाईको विषय बनेको रातुखोलाले चप्रमारी बजार दक्षिण बनेको १५० मिटर लामो बाँध भत्किएर खोला वस्ती तर्फ पसेको छ। खोलाले चौतर्फी रुपमा घेराबन्दी गरेपछी स्थानियलाई ज्यान जोगाएर भाग्नै मुस्किल भएको छ।  जसो तसो ज्यान बचाएर निस्किएका बाढी पिडितहरु अहिले बिद्द्यालय, बजारका टहरा र आफन्तका घरका बरण्डामा रात गुजार्न बाध्य भएका छन्। 

चप्रमारी क्षेत्रमा मात्र १७/१८ घर परिवार पूर्ण रुपमा विस्थापित हुनुपरेको नेपाली कांग्रेसका स्थानीय नेता तारा कुमार श्रेष्ठ बताउछन्।  

'वहाँहरुको अवस्था अत्यन्तै कष्टकर रहेको छ, बजारका टहरा र बिद्यालय तथा आफन्तका घरका बरण्डाहरुमा वहाँहरु आश्रय लिन बाध्य हुनुभएको छ।', गत निर्वाचनमा गठबन्धन तर्फबाट वडाध्यक्षका प्रत्यासी अमेत रहेका श्रेष्ठले पर्दाफास संग भने।    

चप्रमारीबाट करिव १ किलोमिटर दक्षिणमा रहेको टंगुवा आसपासका करिव ७० घर डुबानमा परेपछि बाढी पिडितहरु कोहबरा बजारका टहरामा रात गुजारेका स्थानिय समाजसेवी तथा शिक्षक भोला बरालले जानकारी गराएका छन्।  

'हिजो दामुना बजार नजिक रहेको तेलियाडाँगी क्षेत्रमा रतुवाको त्रास भयावह थियो, आज खोलाको सतह घटेको देखिएको छ।', बरालले भने।  

उनका अनुसार करिव ७ घरपरिवारले दामुनाका टहराहरुमा रात गुजारेका छन्।  

बराल भन्छन्, 'बिरबल चोकबाट पश्चिम तर्फ रतुवा खोलाले गत महिनामै कटान देखिएको थियो।   एक हप्ता पहिले नगरपालिकाले अस्थायी तटबन्धनको प्रयास पनि गरेको तर छिमेकी नगरपालिका रतुवामाईले तटबन्धनको लागि सहमति नदिंदा काम अवरुद्द भयो।  त्यहि स्थानले बढी जोखिम निम्त्याएको छ।'

 

के हुँदै छ राहत र बसोबास?

 

राहत तथा बसोबासको लागि नगरपालिकाले वडाकार्यालय संग समन्वय गरेर आवश्यक सहयोग गर्ने नगर उपप्रमुख जलवर्षा राजवंशीले बताइन्।  वडा  न ८ मा स्थानिय होलीमा आएको बाढीका कारण ३ घर विस्थापित भएको र उनीहरुलाई टि एम टी इँटा भट्टामा वसोवासको प्रवन्ध मिलाइएको छ।  वडा  न ६ र ५ का बाढी पिडितहरुले बजारका टहरालाई अस्थायी सेल्टरको रुपमा प्रयोग गरिरहेको भएपनि बसोबासको प्रवन्ध मिलाउन नगरपालिकाले आवश्यक पहल शुरु गरिसकेको राजवंशीले बताइन्। 

 

No description available.१५०  मिटर तटबन्ध बगाएर ४० प्रतिशत  रतुवा नदी डुवाटोली गाउँ पसेको अवस्था

 

 

'हामीले बिहानको खाजाको रुपमा ड्राई फुडको व्यवस्था गरेका छौं।', उपमेयर राजवंशीले बताइन्।    

राहत वितरणको लागि पहल शुरु गरिएको वडा कार्यालय वडा  न ६ ले जनाएको छ।  वडाध्यक्ष तोया प्रसाईंले सामाजिक संजाल फेसबुक मार्फत बाढी पिडितको सहयोगमा जुटिदिन नागरिक समाज संग आग्रह गरेका छन्।  

तस्बिर: ताराकुमार श्रेष्ठ 

 

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.
      

Views: