d

कन्काईले कटान गर्दा सुरुंगा बजार जोखिममा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इलामबाट आएको बाढीले कन्काइ नदीको पुर्वी किनारमा कटान तिव्र पारेपछि सुरुगां. बजार नै जोखिममा परेको छ ।

अविरल परेको पानीको कारण कन्काइ नदीको पुर्वी किनारा जोखिममा पर्दै गएको हो। केही दिनदेखि परेको अविरल वर्षाको कारण झापाका सवै नदीमा पानीको बहाव उच्च भएपनि मध्य झापा भएर बहने कन्काइ नदीको पुर्वी किनारामा बाढीको प्रभाव उच्च भएको हो ।


बाढीले कन्काइ नगरपालिकाको पुर्वी किनाराका बस्ती तिर कटान तिव्र पारेको हो ।कन्काइ नदीको पुर्वी भागमा रहेको कन्काइ सामुदायिक वन भित्रको जमिनमा कटान तिव्र पारेको पाइएको हो । नदी कै कटान प्रभावित क्षेत्रमा भेटिएका निमाँर्ण व्यावसायी शेर बहादुर थापाले नदी कटानले कन्काइ बजार नै उच्च जोखिम पर्न सक्ने बताएका छन ।कन्काइ सामुदायिक वनको उत्तरी इलामको सिमाना नजिकबाट कटान तिव्र पारेको उहाँले बताउनुभयो ।

थापाले स्थानिय सरकार र सम्वन्धित निकायले समय मै ध्यान नदिने हो भने कटान सुरुगां बजार तिर सोझिन सक्छ ,उहाँले भने,मैले मेयरको निर्वाचनमा उमेद्दवारी दिइरहदाँ समेत बारम्वार उठाएको यो विषयमा अवको मेयर र सम्वन्धित निकायले गम्भिर भएर ध्या दिनु जरुरी रहेको छ ।

कन्काइ नदीकै राजमार्ग दक्षिण तिर पनि पुर्वी भागमा नै कटान जारी छ ।सिवसतासी नगरपालिका र कन्काइ नगरपालिकाको भुभाग तिर यो कटान तिव्र भएको हो ।कटानले ४० धेरै घर जोखिममा परिसकेको स्थानियहरु बताँउछन ।

कटान तिव्र छ ,स्थानिय सरकार र अन्य निकाय रमिते मात्रै भएकोले आफुहरुको विजोग भएको उनीहरुले बताएका छन ।
खोलामा नै भेटिएका पिडित टिकाराम ओली भन्छन गाँउमा कटान तिव्र छ बस्ती उच्च जोखिममा छ हामीहरु अव कता जाने ,,
कन्काइ मात्रै होइन विर्तामोड र कन्काइ नगरपालिका भएर बग्ने घोग्राहा खोलामा आएको बाढी समेत बस्तीमा पसेको छ ।विर्तामोड २ र कन्काइ ८ भएर बग्ने यो घाग्राहा खोलाले पनि केही घर डुवान तथा कटान गरेको छ ।डुवान क्षेत्रका बासिन्दा आफन्तको सरणमा गएर बसेको स्थानियहरु बताउँछन।
सरकारले समयमा नै उद्दार तथा बाढी प्रभावित क्षेत्रमा व्यावस्थापन गर्न जरुरी देखिएको छ

Views: