d

राष्ट्रपतिको गुनासो: ट्राफिक जामले धान दिवस मनाउन पाइएन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रपति विद्यादेवी भण्डारीले ट्राफिकका कारण आज आफूले धान दिवस मनाउन नसकेको गुनासो गरेकी छन् । राष्ट्रपति कार्यालयमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कृषि कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।

ट्राफिक जाम हुन्छ भनेरै आफुले यो पटक चाहेर पनि धान रोप्न जान नपाएको राष्ट्रपति भण्डारीको गुनासो छ।  

 राष्ट्रपति भण्डारीले भनिन् : ‘आज कतै गएर धान दिवसको उपलक्ष्यमा धान रोपाइँ गर्ने मन थियो तर ट्राफिक जाम हुन्छ भनेर निस्किन पाइएन ।’ file photo

Views: