d

अनुदान रकम पारदर्शी नभएको भन्दै गौरादह कृषि क्याम्पसमा लगाइयो ताला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास / असार १६, झापा:  अनेरास्ववियूले गौरादह कृषि क्याम्पसमा तालावन्दी गरेको छ। नगरपालिकाको सहयोगमा प्राप्त माटो परिक्षण कार्यक्रमको सूचना विद्यार्थीलाई जानकारी नै नदिएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज विहिवार क्याम्पसको मुख्य कार्यालय र प्रयोगशालामा तालावन्दी गरेको हो।

क्याम्पस प्रशासानले पारदर्शिता नदेखाएको उनीहरुको आरोप छ।  

तालाबन्दी पश्चात  विज्ञप्त जारी गर्दै अनेरास्ववियूले स्थानिय सरकारले प्रदान गरेका आर्थिक सहयोगका कार्यक्रमहरु विद्यार्थीलाई थाहै नदिई आफूखुसी गर्नु आपत्तिजनक रहेको ठहर गरेको छ।  

विज्ञप्तिमा भनिएको छ, 'यस गौरादह कृषि क्याम्पसमा नगरपालिकाको तर्फबाट आएको माटो परिक्षणको कार्यक्रमको जानकारी यस क्याम्पसले आधिकारिक रुपमा प्रकाशन नगरेको र यस कार्यको लागि विद्यार्थीको छनौट कुनै सूचना विना शिक्षकको एकल मनोमानीको ढंगबाट यस्ता कार्य पुन: दोहोरिएको प्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ।  गौरादह कृषि क्याम्पसमा गौरादह  नगरपालिका बाट माटो परिक्षण कार्यक्रमको जानकारी सम्पूर्ण विद्यार्थी माझ नगराई सम्बन्धित शिक्षकले आफ्नो मनमानी ढंगले परीक्षणमा विद्यार्थी संलग्न गराइएको विषयमा अनेरास्ववियु गौरादह कृषि क्याम्पस कमिटी छलफलमा जाँदा क्याम्पस प्रमुख र सम्बन्धित शिक्षक सँग उपयुक्त स्पष्टीकरण नआउँदा अनेरास्ववियु गौरादह कृषि क्याम्पसद्वारा यो कार्यशैलीको घोर भर्त्सना गर्दै क्याम्पस प्रमुखको कक्षमा र क्यामपसको प्रयोगशालामा अनिश्चिकालिन तालाबन्दी गरिएको अनेरास्ववियु गौरादह नगर अध्यक्ष समेत रहेका कृषि क्याम्पसमा अध्ययनरत  बिद्यार्थी पुर्ण बहादुर रानाले जानकारी गराएका छन्  । 

यस्तो छ विज्ञप्ति  

 

No description available.

Views: