d

बाढीपहिरोबाट  हालसम्म १५ ले ज्यान गुमाए

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । बाढीपहिरोबाट एक हप्ता भित्रमा मुलुकका विभिन्न स्थानमा भएका घटनाबाट  १५ जनाले ज्यान गुमाएका छन् ।

 मनसुनजन्य विपद्का कारण हालसम्म १५ जनाको मृत्यु र १ सय १४ घरपरिवार प्रभावित भएका गृहमन्त्रालयले जनाएको  हो ।   

यस अवधिमा १ सय ५ घटना भएको गृहको तथ्यांक छ ।

मन्त्रालयका अनुसार भारी वर्षाका कारण १ पुरुष र दुई महिलाले ज्यान गुमाएका छन् । ३३ घरपरिवारमा क्षति पु-याएको छ । मुलुकभर ३४ विपद्को घटना भएका छन् ।

पहिरोका कारण ५ पुरुष र ४ महिला गरी ९ जनाले ज्यान गुमाएका छन् । ६८ परिवार प्रभावित भएको छ । पहिरोको घटना ५७ वटा भएका छन् ।
अझै पनि मौसम सक्रिय रहेकाले सचेत रहन गृहको आग्रह छ।  

 

Views: