d

 नेपाल पुलिस क्लबको अपराजित यात्रा:  फाइनलमा प्रवेश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न राउन्ड रोबिन लिगको अन्तिम खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित ग¥यो ।

जितसँगै पुलिसले तीन खेलबाट सर्वाधिक नौ अंक जोड्यो । एपिएफ राउन्ड रोबिन लिगमा दोस्रो हुँदै फाइनलमा पुगेको छ । एपिएफले तीन खेलबाट ६ अंक जोड्यो । शनिबार उपाधिका लागि पुलिसले एपिएफकै सामना गर्नेछ । 

आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटमा पराजित गरी पहिलो जित दर्ता ग¥यो । जितपछि डायमन्डले तीन खेलबाट तीन अंक जोडेको छ । परोपकार अंकविहीन बन्दै पुछारमा रह्यो । डायमन्ड र परोपकारबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 
 

Views: