d

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।

गत ७ असारमा राजधानीमा एक कार्यक्रम गरी लामिछानेले पार्टी घाेषणा गरेका थिए । उनले साेही दिन निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए । तर, केही स्वतन्त्र उम्मेदवारले सो नामको पार्टी दर्ता गर्दा आफूहरूलाई निर्वाचन लड्न अप्ठ्यारो हुने भन्दै आयोगमा उजुरी दिएपछि लामिछानेकाे पार्टी दर्ता प्रक्रिया केही लम्बिएकाे थियो । सो विवादको किनारा लगाउँदै आयोगले शुक्रबार पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो ।


लामिछाने नेतृत्वको पार्टीले गोलाकारभित्रको घण्टी चुनाव चिह्न पाएको छ । पार्टी प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनाव चिन्ह गोलाकारभित्रको घण्टी पाएको जानकारी दिए ।

Views: