d

राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा बाढी पिडितलाई झुल वितरण (तस्वीरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय वाणिज्य विभागले बाढी पिडित परिवारलाई झुल वितरण गरेको छ। रतुवा खोलाको जोखिममा रहेका  झापा गौरादह स्थित वडा न. ५ र ६ का २ सय परिवारलाई राहत स्वरुप झुल वितरण गरिएको हो।  

 

No description available.
 वडा न. ५ र ६ मा पर्ने कटकपुर, डुब्बाटोली,  टंगुवा, मगरखाडी र तेलियाडाँगी क्षेत्रका बाढी पिडितहरुलाई  वाणिज्य बिभागका प्रमुख लक्ष्मी प्रसाद संग्रौलाको सौजन्यमा प्राप्त सामाग्री वितरण गरिएको बताइएको छ।  

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका केन्द्रिय वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौलाले बाढी पीडित वस्तीहरुमा स्वास्थ्य सावधानी अपनाउन मद्दत पुगोस भन्ने उद्देस्यले स्प्रेनेट झुल वितरण गरिएको बताए। 

रतुवा खोला नियन्त्रको लागि सरकारले उचित पहल कदमी चाल्नु पर्ने बताए। 

आफुहरु सरकारमा नरहेपनि नेपाली जनताका हरेक दुख सुखमा राप्रपाले साथ दिंदै आएको बताउदै नेता संग्रौलाले  २०४८ साल देखि रतुवा खोलाको नाम लिएर धेरैले आफ्नो राजनीतिक भविश्य बनाएको तर  खोला तटबन्धन गर्न कुनैपनि पार्टीको नेताले सिन्का समेत भाच्न नचाएको टिप्पणी गरे।

राप्रपा वडा न ५ का वडाध्यक्ष भुपाल खड्का र उपाध्यक्ष राजु प्रसाईंले समन्वय गरेको वितरण कार्यक्रम  ४ वटा अलग अलग केन्द्र बनाएर आयोजना गरिएको थियो।  कार्यक्रममा राप्रापा झापा जिल्ला प्रवक्ता सान नेपाल, जिल्ला सदस्य चन्द्र नेम्वाङ्ग , ओमकार टाइम्स मिडिया प्रालिका प्रवन्ध निर्देशक केदार खड्का, वाटर किङ्डम पार्क झिलझिलेका संचालक राजकुमार संग्रौला, राप्रापा क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना, नगर अध्यक्ष शान्तिराम पौड्याल, उपाध्यक्ष डिपी भट्टराई लगायत राप्रपाका स्थानिय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।   

वर्षेनी रतुवा खोलाको कारण उक्त क्षेत्रका वासिन्दाहरु बाढीको सिकार हुँदै आएका छन्।  झापा र मोरंगलाई मध्य भागमा पारेर बगेको यस खोलाका कारण हरेक वर्षायाम संगै स्थानीयवासीहरु उच्च जोखिममा पर्ने गरेका पाइन्छ।  रतुवा खोलाको पश्चिम तर्फको भागमा तटबन्धन गरिएको भएपनि पूर्वी साइड झापा तर्फ भने तटबन्धन हुन सकेको छैन जसले गर्दा खोलाले झापा तर्फ धार परिवर्तन गरेर गौरादह र कमलवासीहरुलाई हुन सम्म क्षती पुर्याएको छ ।  

गत हप्ता आएको अविरल वर्षाका कारण स्थानियवासीहरु ठुलै संख्यामा विस्थापित भएका छन्।  खोलाले कटान गरेका कारण सयौं बिघा जमिन मरुभुमीमा परिणत भएको छ भने कतिबेला खोलामा बाढी आएर घरवारविहिन  पार्छ भनेर स्थानियहरु प्रताडित हुने गरेका छन। खोला किनारामा पर्ने मगरखाडी, तेलियाडाँगी, डुब्बाटोली र कटकपुर क्षेत्रमा घर भित्रै पानी पसेर जनजीवन अत्यन्तै कष्टकर बनेको छ भने अर्कोतिर डेंगु र मछ्डले समेत स्थानियहरु आक्रान्त हुनेगरेको पाइएको छ।  

बाढी पसेका वस्तीहरुमा हैजा लगायतका महामारी फैलिन सक्ने भएकोले स्थानियहरु स्वास्थ्य सावधानीमा रहनुपर्ने देखिन्छ भने स्थानिय सरकारले विपद व्यवस्थानको लागि समयमै पहलकदमी गर्नुपर्ने समेत देखिएको छ।  

  

तस्वीरहरु 

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

Views: