d

हिमाली मा. वि. गेउरियाको प्लस २ कक्षा बन्द, विद्यार्थीहरु अन्योलमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: कमल गाउँ पालिका स्थित गेउरियामा रहेको हिमाली मा. वि. को प्लस २ को पठन-पाठन बन्द गरिएको छ। अत्याधुनिक प्रविधि द्वारा पठन पठन पाठन गराउने भन्दै गत वर्ष मात्र संचालनमा ल्याइएको पल्स २ का कक्षाहरु संचालकहरुले बन्द गरेको बताइएको हो ।  


बिद्यालयले व्यस्थापन, होटल म्यानेजमेन्ट, कानून र शिक्षा संकायहरु एकैपटक संचालनमा ल्याएको थियो।  

दमकमा भब्य पत्रकार सम्मेलन गरेर आधुनिक शैक्षिक बिधिबाट कक्षाहरु संचालन गरिने बिद्यालयका संचालक जीवन सापकोटाले पत्रकार सामु प्रतिबद्दता गरेका थिए।   तर बिडम्बनानै भन्नु पर्छ १ वर्ष नपुग्दै विद्यालय बन्द हुने बहस बिद्यार्थीमाझ शुरु भएको छ।  
 
बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय संगै ११ कक्षा उतिर्ण गरि १२ कक्षा अध्ययन गर्नु पर्ने बिद्यार्थीहरुको भविष्य माथि गम्भीर प्रश्न चिन्ह खडा भएको सरोकारवालाहरु बताउछन्।   

औपचारिक रुपमा पठनपाठन स्थगन गरिएको जानकारी भने बिद्यालयले नगराएको तर भेट्न गएका विद्यार्थीलाई अन्त्यत्र व्यवस्थापन गरिदिने आश्वासन दिईने गरेको बताइन्छ।    

कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छैन।  कक्षा १२ को पढाई कहाँ र कसरी गर्ने भन्ने समस्याले विद्यार्थीहरु चिन्तित भएका छन्।    

 

आफुले पनि पल्स २ का कक्षाहरु स्थगन गर्ने जानकारी संस्थापकहरुबाट पाएको  विद्यालयका प्रधानाध्यापक बालेन्द्र अधिकारी बताउछन्।


 'पल्स २ चल्दैन भन्ने सुनेको छु, वांकी कुरा फ़ाउण्डरहरु संगै बुझ्नुहोला', अधिकारीले भने।  

विद्यार्थीको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने जिज्ञासामा 'यसवारे संस्थापकहरुलाई नै सबै जानकारी हुन्छ, उतै सोध्नुस।', अधिकारीले भने। 

 

केहि महिना अघि यस विद्यालयको प्रशासनिक संरचनामा परिवर्तन गरिएको थियो।  जीवन सापकोटा एक्लै संस्थापक रहेका हिमाली मा. वि. मा हाल गोबिन्द पोख्रेल समेत संस्थापक रहेका छन्।  संचालक थपिए संगै प्लस २ संचालन गर्दा आर्थिक भार बढेकोले विद्यालय संचालनमा समस्या थपिएको चर्चा चल्ने गरेको बताइन्छ।  बिद्यालयले गत वर्ष मात्र संचालनमा ल्याएको प्लस २ कक्षाको पठनपाठन स्थगन भएको वा निरन्तर हुन्छ भन्ने बारे नयाँ फ़ाउण्डर गोबिन्द पोख्रेल भने प्रशासनिक फाँटको जिम्मेवारीमा जीवन सापकोटा रहेकाले वहाँ संगै बुझ्दा उपयुक्त हुने बताउछन्।

 

सत्य तथ्य कुरा के हो भन्ने बुझ्न विद्यालय संचालक जीवन सापकोटा संग पर्दाफास प्रतिनिधिले पटक पटक फोन सम्पर्क गर्न खोज्दा समेत वहाँले फोन उठाउनु भएन।   

Views: