d

अनेरास्ववियु गौरादह नगर कमिटि अध्यक्षमा राना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अनेरास्ववियु गौरादह नगर कमिटिको अध्यक्षमा पूर्ण बहादुर राना सर्वसम्मत चयन भएका छन्।  शनिवार गौरादहमा सम्पन्न अधिवेशनबाट रानाको नेतृत्वमा ३९ सदस्यीय समिति सर्बसम्मत रुपमा छनौट गरिएको हो।
  
 नव घोषित समितिको  उपाध्यक्षमा नवीना सुवेदी, सचीवमा  तुलसी राम पौडेल (पाेखरा पल्टन), सह सचीवमा आशिष बिमली, टिकाराम बाँस्कोटा र बिन्दा भट्टराई रहेका छन्।  त्यस्तै काेषाध्यक्षमा निर्देश पोखरेल रहेका छन्।   
 
 अनेरास्ववियु केन्द्रिय सचिव डम्बर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा नेकपा एमाले झापा जिल्ला सदस्य समर्पण खतिवडा ,नेकपा एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले ,नगर सचिव जीवन कार्की ,अनेरास्ववियु केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज कमल पौडेल ,अनेरास्ववियु झापा जिल्ला सदस्य प्रविन पाठक र अनेरास्ववियु झापा जिल्ला सदस्य तथा गौरादह इन्चार्ज बिक्रम कुमार तिवारी लगायतको उपस्थिति रहेको थियो।  कार्यक्रमको संचालन तुलसि राम पाैडेलले गरेका थिए।

Views: