d

कृयटिभ युथ ग्रुपका सदस्य संग्रौलाद्वारा ब्याग बितरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झगेन्द्र खड्का 

गौरादह/कृयटिभ युथ ग्रुप गौरादहले गौरादह नगरपालिका वडा नं -७ र ८ भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई ब्याग बितरण गरेकाे छ। केन्द्रीय कार्यलय काठमाडौंमा रहेकाे शाखा गौरादहले वडा नं -७ र ८ मा रहेका ६ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने नर्सरी र कक्षा -१ का बिद्यार्थीहरुलाई ब्याग बितरण गरेका हुन। हामी सबैको ईच्छा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ संचालन गरिएकाे ब्याग बितरण कार्यक्रममा संस्थाले बिद्यालयमा पुगेर जनप्रतिनिधि,बि.ब्य. स. शिक्षक अभिभावक संघ, अभिभावकहरुकाे उपस्थितिमा ब्याग बितरण गरेका हुन। संस्थाका सदस्य लक्ष्मी संग्रौलाले ब्याग बितरण गर्दै सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुकाे शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले पहल सुरु गरेकाे बताएका छन। पछिल्लो समयमा सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या घट्दै जानू , शिक्षाकाे स्तर खच्किनु, हुनेखाने र हुदाखानेले लिइने दुई प्रकारकाे शिक्षण परिपाटी संचालन भएकाेमा आपत्ति प्रकट गरेका छन। सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा आगामी शैक्षिकसत्रबाट अंग्रेजी माध्यम संचालन गर्न चाहने बिद्यालयहरुका लागि स्थानीय सरकारले चासाे राख्नु पर्ने र कृयटिभ युथ क्लबले पनि सहयाेग गर्ने संस्थाका सदस्य संग्रौलाले बताएका छन।नागरिकका आपत बिपतमा सहयाेग गर्दै आएका सदस्य संग्रौलाले गरिब तथा बिपन्न परिवारलाई जाडाेमा प्रयाेग गरिने न्यानाे कपडा, खद्यान्न सामग्री, रतुवा खाेलाका बाढीपीडितलाई सुपानेट झुल लगायतका सामाग्री बितरण गर्दै आएका संस्थाका सदस्य संग्रौलाले बिद्यालय क्षेत्रमा पनि सहयाेग गरेकाे बताएका छन। ब्याग बितरण कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं -८ वडाध्यक्ष गणेश राजवंशीले सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले सहयाेग गर्ने बताए ।बिद्यालयमा अध्यानरत बिद्यालयका बिद्यार्थीहरुलाई कृयटिभ युथ ग्रुपले गरेकाे सहयाेग प्रति आभार ब्याक्त गरेका थिए।संस्थाले गौरादह नगरपालिका वडा नं -७ काे भारती, श्री, गौरीया आधारभूतका साथै वडा नं -८ काे प्रगति मा.बि., अरुणाेदय र बैराती आधारभूत बिद्यालयमा नर्सरी र कक्षा -१ मा अध्यानरत बिद्यार्थीहरुलाई ब्याग बितरण गरेका हुन। अरुणेदय आधारभूत बिद्यालयमा भएकाे कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रसाद दाहालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक झगेनद्र बहादुर खड्काले कार्यक्रम संचालन गरेका थिए।

Views: