d

नेताहरुलाई हर्क सपाङ्गले खोलामै आऊ भने पछि ..

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरान: स्वतन्त्रबाट निर्वाचित भएका धरान उप महानगरका मेयर हर्क साम्पांङ हिजोआज धरानकै सदावहार खोलाको नामले चिनिएको पक्वा खोलामा श्रमदान गरिरहेका भेटिन्छ्न्। बिदाको दिनमा पनि सयौं धरानवासीहरुलाई भेला पारेर पक्वा खोलामा श्रमदान गराई रहेका हुन्छन् । 

पक्वा खोलाको पानीलाई खानेपानीको मुहानमा जोड्न सके धरानमा खानेपानी आपूर्तिमा सहजता ल्याउन सकिने उनको विश्वास छ। 

जन श्रमदान बाटै संरचना निर्माण गर्न सकिने भन्दै उनले श्रमदानलाई नै खास महत्व दिनेगरेको पाइन्छ । राज्यको बजेट जोगाएर पनि संरचना निर्माण गर्न सकिने विश्वासमा रहेका मेयर साम्पाङले सामाजिक संजाल बाटै देशका ठुला नेतालाई पक्वा खोलामा श्रमदान गर्न बोलाएका छन् । 

 

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् :
 

'पकुवा खोलामा श्रमदान गर्न यो देशका ठुला ठुला नेताहरु पनि आउनु पर्छ ! ताकी बुझून हामी बिकासका लागि कति व्यग्र छौँ भन्ने ! प्रचण्ड, ओलि, लिङ्देन र देउवालाई मेरो निम्तो !'

Views: