d

सिलिङ बजेट कमी भएपनि बिकास निर्माणमा असर नपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिलिङ बजेट कमी भएपनि बिकास निर्माणमा असर नपर्ने
झगेन्द्र खड्का 
गौरादह/आर्थिक बर्ष २०७९/०८० मा गौरादह नगरपालिकाले वडा सिलिङ बजेट घटाएकाे छ।नगरपालिकाले नगर भित्रका ९ वाटै वडामा दिइने सिलिङ बजेटमा कटौती गरेकाे छ। अघिल्लो कार्यकालमा वडा भित्रका बिकास निर्माणका कामहरु वडालाई नै जिम्मा दिदा सिलिङ बजेट केही ठुलाे आकारकाे थियाे। २०७९ बैशाख ३० गते सम्पन्न  स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले मुख्य काम नगरपालिकाबाट गर्ने र सानातिना काममात्र वडाबाट गर्ने निर्णय गरेपछि सिलिङ बजेटमा कमी भएकाे हाे।अघिल्लो कार्यकालमा कराेडकाे हाराहारीमा सिलिङ बजेट चलाउदै आएका वडाहरुले आर्थिक बर्ष २०७९/०८० मा ६१ लाखदेखि  बढिमा ७८ लाख सम्मकाे सिलिङ बजेटमा थन्किएका छन।जनसंख्या, क्षेत्रफल र बिकटताका आधारमा सिलिङ बजेट बिनियाेजन गरिएकाे नगरपालिकाका मेयर छत्रपति सुवेदी बताउछन् । सिलिङ बजेटबाट वडाका सानतिना टुक्रे याेजनाका कामहरु हुने भएकाले वडामा सिलिङ बजेट सिमित गरिएको मेयर सुवेदी बताउँछन् ।यश आर्थिक बर्षबाट वडामा गरिने मुख्य कामहरु नगर आयाेजना मार्फत गरिने भएकाले सिलिङ बजेटले बिकास निर्माणमा कुनै प्रभाव नपर्ने मेयरकाे भनाई छ।वडाबाट सिफारिस भएका बिकास निर्माणका मुख्य याेजना नगर आयाेजना मार्फत गरिने भएकाले झट्ट हेर्दा सिलिङ बजेट घटेजस्ताे देखिएपनि नगरपालिकाले गर्ने बिकास निर्माणकार्य वडामानै गरिने भएकाले सिलिङ बजेट नघटेकाे मेयरकाे दाबी छ। सिलिङ बजेट वडामा छरिदा मुल बजेटमा कमी हुने भएकाले दिगाे र ठाेस काम नहुने भएकाले प्रभावकारी कामका लागि मुख्य याेजना नगरबाट गरिने मेयर सुवेदीले बताए। यश आर्थिक बर्षमा सबैभन्दा कम वडा नं -२ मा र सबैभन्दा बढी वडा नं ५ र ९ मा सिलिङ बजेट बिनियाेजन भएको छ। वडा नं २ मा ६१ लाख ७८ हजार ८ सय ३५,  वडा नं -५ मा ७८ लाख ४५ हजार ९ सय ३३ र वडा नं ९ मा ७८ लाख २९ हजार ७ सय ६  रुपैयाँ सिलिङ बजेट का रुपामा बिनियाेजन भएकाे छ। वडाबाट गरिदै आएकाे बिकास निर्माणका काममा सिलिङ बजेले गर्न सक्ने वडाबाट गरिने र मुख्य आयाेजना नगरबाट गरिने भएकाले सिलिङ बजेटमा केही कमी भएपनि बिकास निर्माणमा असर नपर्ने वडाध्यक्षहरु बताउँछन्। 
नगरपालिका भित्र रहेका सबै वडाहरुले पुर्वाधार बिकासलाई प्राथमिकतामा राखेर सिलिङ बजेट बिनियाेजन गरेका छन।वडाहरुमा बिनियाेजन भएकाे सिलिङ बजेटमा कुल सिलिङ बजेटकाे ६० प्रतिशत  पुर्वाधार बिकासमा बिनियाेजन गरेका छन। वडाहरुले सामाजिक बिकासमा १५ प्रतिशत, आर्थिक बिकासमा १० प्रतिशत, वातावरण तथा बिपद व्यवस्थापनमा ७ प्रतिशत, मर्मत संभारमा ५ प्रतिशत र सुशासन तथा सामाजिक सेवा प्रवाह र क्षमता बिकासमा ३ प्रतिशत बजेट बिनियाेजन गरेका छन। वडा भित्रका पुर्वाधार बिकास निर्माणका काम सम्पन्न नभएकाले यश आर्थिक बर्षमा पनि पुर्वाधार बिकाशलाई प्राथमिकतामा राखेर सिलिङ बजेट बिनियाेजन गरिएकाे वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउँछन्।दाेस्राे कार्यकालका लागि वडा नं -१ बाट वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष भण्डारी वडा नं -१ मा रहेका मुख्य सडकलाई कालाेपत्र गर्ने कार्यमा निरंतरता दिने बताउँछन्।नगर भित्र रहेका वडाहरुमा जनसंख्याका आधारमा सबैभन्दा ठुलाे वडाकाे रुपमा वडा नं -१ रहेकाे छ।वडा भित्र रहेका भित्री सडकलाई बिस्तर तथा उच्चस्तरीय ग्रभेल गर्न याेजनामा समेटिने भण्डारीकाे भनाइ छ। 
अधिकांश सडक संजाल बिस्तार र ग्राभेल गर्ने कार्य अघिल्लो कार्यकालमा गरिएकाले बाँकी रहेका कामलाई पूरा गरिने भण्डारी बताउँछन्। सडकलाई उच्चस्तरीय ग्राभेल र कालाेपत्र समेत गर्नु पर्ने भएकाले यश आर्थिक बर्षमा पनि पुर्वाधार बिकासलाई प्राथमिकतामा राखेर सिलिङ बजेट बिनियाेजन गरिएकाे भण्डारीले बताएका छन।अघिल्लो कार्यकालमा अधुरा रहेका कामलाई पुर्णता दिनुका साथै जनताका मुलभुत आवश्यकतालाई प्राथमिकतामा राखिने भण्डारीले बताए। वडाकाे बिकासमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत, बिपद व्यवस्थापन लगायतका क्षेत्रमा जनताले बिकास निर्माणकाे प्रत्यक्ष अनुभुती गर्ने कामलाई पनि निरन्तरता दिने भण्डारीले बताएका छन।

Views: