d

नोबेल कलेजमा अनेरास्ववियुले लगायो ताला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: अखिल नेपाल बिद्यार्थी युनियन (अनेरास्ववियु) कलेज इकाई समितिले काठमाडौ स्थित नोबेल कलेज तालाबन्दी गरेको छ। अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई Research र clinical posting मा जानबाट बन्चित गरिएको विरोध स्वरुप तालाबन्दी गरिएको छ । कलेजमा शैक्षिक सुधार गरिनुपर्ने पटकपटक आवाज उठाउदै आएको अनेरास्ववियुले अन्तिम सेमेस्टरका बिद्यार्थीलाई रिसर्च र क्लिनिकल पोस्टिङमा बन्चित गरिएका कारण बाध्य भएर अनिस्चितकालिन रुपमा तालाबन्दी गरिएको इकाई कमिटी अध्यक्ष निगेस नायाजु बताउछन् । पर्दाफास संग कुरा गर्दै बिद्यार्थी नेता नायाजुले भने, 'बिद्यार्थीको हकहितमा पटकपटक आवाज बुलन्द गर्दै आएको अनेरास्ववियुको मागलाई सम्बोधन गरिएन भने अझै सशक्त रूपमा विरोध कार्यक्रमहरु आयोजना गरिने छ ।' यस्तो छ अनेरास्ववियुले जारी गरेको विज्ञप्ति अनेरास्ववियु नेपाली बिद्यार्थी आन्दोलन ,शैक्षिक ,समाजिक तथा राजनैतिक आन्दोलन रास्ट्र र राष्ट्रियताको पहरेदारी ,जनजिविकाको आन्दोलन साथै आम बिद्यार्थीहरु र सबै बिद्यार्थी संगठनहरुको पनि नेता संगठन हो भन्ने कुरा सबैमा सर्वविदित नै छ ।यसै सन्दर्भमा नोबेल कलेजमा पनि हाम्रो संगठन लामो समय देखि निरन्तर बिद्यार्थीहरुको हक र हितको पक्षमा संघर्ष गर्दै आइरहेको छ । अनेरास्ववियु नोबेल कलेजले बारम्बार कलेज प्रशासन र विभिन्न बिभागलाई बिद्यार्थीहरुको आवाज बारम्बार उत्थान गर्दै आएको छ । कलेज प्रशासनलाई बारम्बार शैक्षिक गुणस्तरको निमित्त र बिद्यार्थीको आवाज बुलन्द गरिरहेको छ । यसै सन्देशमा विभिन्न बिद्यार्थीहरुलाई लक्षित गरि अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई "Research " र "clinical posting "मा जान बन्चित गरिएको र तत्काल सुचारु नगरिएको कारणले गर्दा अनिस्चित कालको लागि तालाबन्दी गरिएको छ । अध्यक्ष निगेश श्रेष्ठ नयाजु

No description available.

Views: