d

निर्वाचन आयोगले राप्रपासँग महाधिवेशनको कागजात माग्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यशैलीविरुद्ध ‘विद्रोह’ को तयारीमा जुटेको एउटा खेमाले महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोग गुहारेपछि पूर्वपञ्चहरुको पार्टी राप्रपामा नयाँ किचलो शुरु भएको छ । आयोगमा दर्ता भएको पार्टीको संशोधित विधान महाधिवेशनले पारित नै नगरेको दावी गर्दै असन्तुष्ट खेमाका नेता श्याम तिमिल्सिनाले हालेको उजुरीलाई टेकेर आयोगले आज जवाफ मागेपछि राप्रपा विवादले नयाँ मोड लिएको हो ।

गत मंसिरमा सम्पन्न महाधिवेशनले पारित गरेको विधानविपरित अर्कै ‘डमी’ विधान प्रयोग गरिएको भन्दै तिमिल्सिनाले हिजो आयोगमा उजुर हालेका थिए । उजुरीमा महाधिवेशनबाट पारित नभएको विधान आयोगमा दर्ता गराइएको भन्दै खारेज गर्न माग गरिएको छ ।

उजुरीमा २०७८ मङ्सिर १५,१६, १७ र १८ गते सम्पन्न एकता महाधिवेशनले पारित गरेको भन्दा फरक संशोधित विधान पेश गरिएको भन्दै त्यसलाई अवैध घोषणा गर्न माग गरिएको छ । ‘२०७८ फागुन ११ गते दर्ता नम्बर १६८५ मा दलको विवरण परिवर्तन गरिएकोबारे विधान हेरफेर भएको दोस्रो महलमा ‘यो विधान महाधिवेशनबाट पारित भएको मितिबाट लागू हुनेछ’ भन्ने उल्लेख छ । तर विधान पारित भएको निर्णय पुस्तिका र सो निर्णयको प्रमाणितप्रति नभएकाले उक्त विधान महाधिवेशनबाट पारित विधान होइन’, उजुरीमा लेखिएको छ ।

 

Views: