d

कांग्रेस बैठक : आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय सदस्यहरूको सुझाव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई सुझाव दिएका हुन् ।

बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले अधिकांश सदस्यले गठबन्धन सफल भएको र निर्वाचनमा भएका कमी कमजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्ता दिनुपर्ने धारणा राखेको जानकारी गराए ।

प्रवक्ता महतले बैठकमा पार्टीको समग्र संरचनालाई पूर्णता दिएर चलायमान बनाउने विषयमा पनि छलफल भएको र पार्टीको निश्चित फोरमबाहिर नजान नेताहरुलाई सचेत गराइएको बताएका थिए। 

Views: