d

लेटाङ खबर:  लिम्बू भाषाको पाठ्यक्रम बनाउँदै लेटाङ नगरपालिका

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लेटाङ । लेटाङ नगरपालिकाले लिम्बू भाषाको स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीय भाषाको प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले लिम्बू भाषा अध्यापन गराउने तयारी स्वरुप पाठ्यक्रम निर्माण गर्न लागेको हो । नगरपालिकाले लिम्बू भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गर्न बुधबार सम्पन्न नगरसभामार्फत आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि पास गरेको बजेट, नीति तथा कार्यक्रममा बजेट समेत व्यवस्थापन गरेको छ । खासगरि लिम्बू समुदायको बाक्लो बसोबास रहेको क्षेत्रका विद्यालयहरुमा आधारभूत तहमा पठन पाठन गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गर्न लागिएको बताइएको छ । नगर प्रमुख भूपेन्द्र कुमार लावतीले निर्वाचन ताका समेत लिम्बू समुदायको बाक्लो बसोबास भएको ठाउँमा लिम्बू भाषाको पठन पाठन गराउने विषयलाई महत्वका साथ उठाउनु भएको थियो । यस्तै नगरपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो लेटाङ को सन्दर्भ सामाग्री प्रकाशन गर्ने भएको छ । चालु आर्थिक वर्षमा नै हाम्रो लेटाङको पाठ्यक्रम निर्माण गरि पठन पाठन समेत सुरु गरिएकोमा आगामी आर्थिक वर्षमा सन्दर्भ सामाग्री प्रकाशनको काम अघि बढाउन लागिएको हो । नगरपालिकाको भूगोल निकै ठूलो भएको तथा भौगोलिक र जातिय विविधता भएकाले नगरमा रहेका संस्कृति, प्राकृतिक सम्पदा लगायतका विषयमा बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले हाम्रो लेटाङ नाम दिएर नयाँ पाठ्यक्रम गरिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । सो पाठ्यक्रममा लेटाङका महत्वपूर्ण पर्यटकीय तथा धार्मिकस्थल बारे जानकारी, भौगोलिक जानकारी, विभिन्न जातजातिका संस्कृति बारे जानकारी, कृषि तथा पशु उत्पादन बारे जानकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिएका व्यक्तित्व बारे जानकारी लगायतका विषय समेटिएका छन् भने अब त्यसमा आधारित पाठ्यपुस्तकका लागि सन्दर्भ समाग्री निर्माण गर्ने बताइएको छ । हाल केही कक्षाहरुमा मात्र पठनपाठन सुरु गरिएकोमा पछि कक्षा १ देखि ८ सम्म नै हाम्रो लेटाङ को पाठ्यक्रम पठनपाठन हुने शिक्षा शाखा प्रमुख कृष्णराज राईले जानकारी दिनुभयो । cover photo: Creative Writting

No description available.

Views: