d

युरोकप: पोर्चुगलमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 महिला युरोकपअन्तर्गत गएरातिको खेलमा नेदरल्याण्ड्स विजयी भएको छ । उसले समूह ‘सी’ को खेलमा पोर्चुगलमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । 

लेइग स्पोर्ट्स भिलेजमा खेलको सातौं मिनेटमा डमारिस एगुरोलाको गोलमार्फत नेदरल्याण्ड्सले अग्रता लिएको थियो । १६ औं मिनेटमा स्टेफनी भान डेर ग्रेग्टले टोलीको अग्रता दोब्बर बनाइन् । क्यारोल कोस्टाले पोर्चुगललाई २–१ को अवस्थामा ल्याइन् । 

४७ औं मिनेटमा डायना सिल्भाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । ६२ औं मिनेटमा डेनियल भान डि डोन्कले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–२ को रोमाञ्चक जित दिलाइन् । यो जितसँगै नेदरल्याण्ड्स दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

पराजित पोर्चुगल समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा स्विडेनले स्विट्जरल्याण्डमाथि २–१ को जित निकाल्यो । 

Views: