d

श्रीलंकाका राष्ट्रपति राजापाक्षे सिंगापुरमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । श्रीलंकामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर प्रस्थान गरेका छन्।

राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिंगापुर प्रस्थान गरेका हुन्  । उनको साथमा श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू छन् ।

बुधबार राति नै मालेबाट सिंगापुर जाने तयारीमा रहेता पनि सुरक्षा चिन्ताका कारण बिहीबार मात्रै प्रस्थान गरेका बताइन्छ ।

७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए ।

विकसित घटनाक्रमलाई सहज रूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभए पनि हालसम्म राजीनामा बुझाउनु भएको छैन ।

Views: