d

यस्ता छन् गौरादहका नगर स्तरीय योजनाहरु..

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का                                        झापा/ गौरादह नगरपालिकाको नगर सभा सम्पन्न भएको छ। गत असार ८ गतेबाट सुरु गरिएको नगरसभा असार ३० गते सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। नगरसभाले पारित गरेकाे निति कार्यक्रम र बजेटलाई नगर प्रबक्ता नगेन्द्र भण्डारीले नगरपालिकामा पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए। नगर सभाले पारित गरेकाे बजेटमा चालू तर्फ ४७ कराेड १५ लाख ९९ हजार ८ सय ३७ र पुँजीगत तर्फ ३० कराेड ८८ लाख ६ हजार ९ सय ७६ रहेकाे जानकारी गराएका थिए। गौरादह नगरपालिकाकाे बार्षिक बजेट, निति तथा कार्यक्रम गत आसार ८ गतेबाट सुरु भई असार ३० सम्पन्न भएकाे थियाे। नगरसभाले पारित गरेकाे बार्षिक निति तथा कार्यक्रममा न्युनतम पुर्वाधारकाे आवश्यकतालाई पहिचाहन गरि कृषि, सामाजिक बिकास, नगरपालिकाबाट नागरिकलाई प्रवाह गरिने सेवालाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखेकाे नगर प्रबक्ता भण्डारीले जानकारी गराए। नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि अल्पकालीन र दिर्घकालिन बिकासलाई मध्यनजर गरि बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरेकाे जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा नगर प्रबक्ता भण्डारीले गौरादहमा रहेकाे स्वास्थ्य केन्द्रलाई १५ बेडकाे अस्पतालमा स्तराेन्नती गरि नागरिकलाई गौरादहबाट सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी गराए। नगरपालिकामा अस्पताल संचालन भएपछि नगरबासिले महंगो शुल्क तिरेर सहरका ठुला अस्पताल धाउनु नपर्ने बताए। गौरादहमा रहेकाे स्वास्थ्य केन्द्र अस्पतालमा परिणत भएपछि स्वास्थ्य बिमा कार्यक्रमकाे सुबिधा पनि उपलब्ध हुने जानकारी गराए। गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा स्वास्थ्य क्षेत्रमा १ कराेड ५५ लाख बजेट बिनियाेजन गरेकाे जानकारी गराए। यश आर्थिक बर्ष देखि गौरादह नगरबासिलाई आय आर्जन गर्न सहज बनाउन दक्षिण काेरियाका संस्था सँग भगिनी सम्झौता गर्ने जानकारी गराए।भगिनी सम्झौता भएपछि युवाहरुलाई दक्षिण कारेयामा सिकिएकाे सीप आफ्नो देशमा लागउन सकिने बताएका थिए। यसबाट युवाहरुलाई राेजगारीका अवसर सृजना हुनुका साथै आम्दानीका स्राेत बढाउन सकिने जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा नगर प्रमुख छत्रपति सुवेदी र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले पत्रकारहरुले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।

Views: