d

पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, असार ३१। नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छिन्।  शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन् । 

उपसभामुखका लागि भएको मतदानमा भुसालले  १४८ मत प्राप्त गरि विजयी भइन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् । तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो ।

Views: