d

डिम्याट खाता खोल्नेको  संख्या ५२ लाख नाघ्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery


डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो । 

त्यस्तै, मेरो सेयर लिनेको संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो समय प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या बढेको छ ।  

अघिल्लो असारमा डिम्याट खाता खोल्नेको संख्या ३४ लाख रहेको थियो । लगानीकर्ताले हाल ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।

Views: