d

एमाले बाहेकका पाँच कम्युनिस्टहरु पार्टी एकताको प्रयासमा जुटे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का पाँच जना सचिवालय सदस्य पार्टी एकताको प्रयासमा जुटेका छन्।  पार्टी एकता नभए सहकार्यको रणनीतिमा जाने गरि छलफल सुरु गरिएको बताइएको छ।   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सोमवार सिंहदरबारमा भेला भएका थिए। सिंहदरबारको बैठकमा पार्टी एकता गर्ने बारेमा छलफल भएको थियो। तत्काल पार्टी नै एकता गर्न सम्भव नभए एकता संयोजन समिति बनाएर जानुपर्ने निचोड सिंहदरबारको बैठकले निकालेको छ।

एकता संयोजन समिति बनाएर एउटै चुनाव चिन्ह लिएर वामपन्थी पार्टीहरु चुनावमा जाने भन्ने छलफल गरिएतापनि  अन्तिम निष्कर्ष निस्कन नसकेको बताइन्छ।  

Views: