d

रवीन्द्र मिश्रलाई दोस्रो पटक कोरोना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई दोस्रो पटक कोरोना संक्रमण भएको छ। उनले आज बिहान फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।


मिश्रलाई ६ महिनाअघि पनि कोरोना संक्रमण भएको थियो। उनले यस पटकको संक्रमणमा पहिले जस्तो कडा लक्षण नभएको बताएका छन्।

'थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ। घरमै आराम गर्दैछु। हिजो त मैले कसैलाई भेटिनँ। त्यसअघिका दुई दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्‍याउन आग्रह गर्दछु', मिश्र फेसबुकमा लेखेका छन्।

Views: