d

जापानको पासपोर्ट विश्वमै उत्कृष्ट, कमजोर लिस्टमा पर्यो नेपाली पासपोर्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ । द हेन्ले पासपोर्ट सूचकांकले यो वर्षको संसारकै शक्तिशाली र कमजोर पासपोर्टको सूची जारी गरेको छ। 

द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ। जसअनुसार संसारकै शक्तिशाली पासपोर्टमा जापान पहिलो नम्बरमा परेको छ। जापानको पासपोर्टबाट सबैभन्दा १९३ देश सहजै जान पाइन्छ। 

त्यस्तै १९२ देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ। तेस्रो नम्बरमा दक्षिण कोरिया र जर्मनी परेका छन्। यी दुवै मुलुकको पासपोर्टबाट १९१ देश जान मिल्ने द हेन्लेले जनाएको छ। 

चौथोमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्बर्गका पासपोर्ट परेका छन्। यी चारै मुलुकका पासपोर्टबाट १९० देश सहज जान सकिन्छ। 
यो वर्ष पाँचौँ नम्बर डेनमार्क र अस्ट्रियाका पासपोर्ट परेका छन्। यी दुवै पासपोर्टबाट १८९ देश जान सकिन्छ। 

यो सूचीको छैटौँ स्थानमा स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड परेका छन्। यी देशका पासपोर्टबाट १८८ देश जान सकिन्छ। 

यसपालि सातौँ नम्बरमा स्विट्जरल्यान्ड, यूके, अमेरिका, बेल्जियम र न्युजिल्यान्ड परेका छन्। यिनीहरुको पासपोर्टधारी १८७ देश सहजै जान सक्छन्। 

विश्वका १८६ देश सहज जान सकिने हुनाले आठौँमा नर्वे, ग्रिस, माल्टा र चेक रिपब्लिक परेका छन्। नवौँमा क्यानडा र र अस्ट्रेलियाको पासपोर्ट रहेको छ। यी देशको पासपोर्टबाट १८५ देश जान सकिन्छ। दसौँ स्थानमा १८४ देश सहजै जान सकिने हंगेरीको पासपोर्ट परेको छ। 

द हेन्ले पासपोर्ट सूचकांकले ४० भन्दा कम देशमा जान पाउने पासपोर्टलाई सबैभन्दा कमजोर सूचीमा राख्छ। यो सूचीमा उत्तर कोरिया, नेपाल र लिबियाका पासपोर्ट छन्। त्यस्तै प्यालेस्टाइनी क्षेत्र, सोमालिया र यमन पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान पनि खराब पासपोर्टको सूचीमा परेका छन्। 

नेपालको पासपोर्टबाट ३८ देश र उत्तर कोरियाको पासपोर्टबाट ३९ वटा देशमा यात्रा गर्न सकिने द हेन्लेले जनाएको छ। – एजेन्सी

file image

Views: