d

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रोल्पा गंगादेवको स्थानीय सरकारले शैक्षिक व्यवस्थापनका लागि विद्यालय मर्ज योजना लागू गर्ने भएको छ । च्याउसरी उम्रिएका बिद्यालय केवल रोजगारका भर्तीकेन्द्र बनेको भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले विद्यार्थीको संख्या र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी विद्यालय मर्ज कार्यक्रम ल्याएको बताए ।
अध्यक्ष पुनले हाल पालिकामा रहेका विद्यालयको अनुगमन गरिरहेका छन् । उनले विद्यार्थी र शिक्षकहरूको संख्या अनुगमन गर्नुका साथै वडाहरूमा विद्यालयको आवश्यकता हेरी दरबन्दीसमेत मिलान गर्ने उनको योजना छ । केही प्राथमिक विद्यालयलाई बालबिकासमा सीमित गर्ने र आधारभूत विद्यालयलाई प्राथमिक विद्यालयमा कायम गर्ने अध्यक्ष पुनले बताए । उनले भने, “विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरू धेरै छन्, उनीहरूलाई अनावश्यक तलब दिएर राज्यलाई आर्थिक भार बढेको छ ।” आवश्यकताको आधारमा विद्यालयहरू दरबन्दी कटौती र मिलान गर्दा भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्तिको सदुपयोग हुनुका साथै विद्यालय व्यवस्थापनमा सहज हुने उनको बुझाइ छ ।    कारोबार 

Views: