d

संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज संसदीय छानबिन समितिको बैठक बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकबाट पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिनेछ । तत्कालीन अर्थमन्त्री शर्माले ०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

Views: