d

 भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकै दिनमा ६० जना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतमा कोरोना संक्रमण पछिल्लो समय दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ २१ हजार ८८० कोभिड संक्रमित थपिएका छन् । यो सँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।   

Views: