d

मलाई राजनीति गर्न आउँदैन, गर्नु पनि छैन मात्रै इच्छा देशको बिकास - रवि लामिछाने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

साउन ७, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीति गर्न नआउने बताएका छन्।
पोखरामा आयोजित गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई राजनीति नआउने र बेथिति विरुद्धको आन्दोलन गर्न आउने बताएका हुन्। यसलाई राजनीति आउँदैन भन्दैछन्। हो, मलाई राजनीति आउँदैन र राजनीति गर्नु पनि छैन, उनले भने, मलाई विदेशमा बेचिएको चेलीलाई नेपाल ल्याउन आउँछ राजनीति आउँदैन, मलाई यहाँ ठगिएको मान्छेलाई जेलभित्र कोच्ने नीति बनाउन आउँछ राजनीति आउँदैन। कुनै लोभ डर नराखी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा आएको पनि उनले बताए।
सिद्धान्तका मोटा किताब लेख्न मसी सकिएको होइन, हामी त्यस्ता मसीमा विश्वास गर्दैनौं, लामिछानेले भने।

Views: