d

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्। केसी नेपालका चर्चित सुरस्टार हुन्। केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्।

उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए।

Views: