d

कविता: थाकेको मान्छे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हिजो:

हरेक दिन
उ सुर्यसंगै  उदाउँछ 
व्यस्त जीवनमा रमिँदै
आफ्नो काम गर्न पोख्त उ
सुर्य अस्ताएपछी
उदाउँदो चन्द्रमाको किरणका रेशाहरु हेर्दै 
सुतेर निदाउँछ 
पुनः भोली सुर्यसँगै उदाउन।

आज: 

उ आज  पनी उदाएकाे छ 
सूर्यसँगै 
उदाएको छ आफ्ना अधुरो सपना संग
हरेक दिन
निन्द्रामा आफ्नो अधुरो सपनाहरु गन्दछ
अनि दिनभर काममा ब्यस्त रहि
साँचेको छ उसले सपना 
पुनः रात्रीकालमा देख्न
निन्द्रामा


भोली: 

हरेक दिन सुर्य उदाउँछ 
उसलाई निन्द्राबाट जगाउँदै
सपना अधुरो टुङ्याइ
अनि सुरु हुन्छ उसको दिनचर्या 
समाज, ब्यक्ति र  श्रममा निर्भर हुँदै 
बेलुका पख आफ्नो कोठामा गई 
निदाउँछ
मन्त्रमुग्ध भइ ।


अन्ततः 

हरेक दिनको 
अस्ताउँदो र उदाउँदो सुर्यबिच
आफ्नो श्रम खर्चेर
उज्ज्वल भविष्यको सपना देख्ने 
उ सामन्य मानिस 
सपना देखेर थाकेको छ 
उसको थकाइ 
न त निन्द्राले पुरा गर्न सक्यो
न त आरामले
त्यसैले उ पुनः सपना देख्दैछ
थाकेर सपना पूरा गर्न 
उ थाकेको छ
आफ्ना पूरा हुन नसक्ने सपना देखि

Views: