d

झापाको चारआलीमा नागरिकता विधेयक जलाइयो...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ झापाको चारआलीमा आज राष्ट्रवादी नागरिक अभियान झापाले नागरिकता विधेयक विरुद्ध प्रदर्शन गरेको छ। उल्लेख्य संख्यामा युवाहरु र स्थानीयको सहभागिता भएको उक्त प्रदर्शन, प्ले कार्ड बोकेर नाराबाजी गर्दै चारआली चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको पुत्ला दहन गरेको कार्यक्रम आयोजक समितिका चरण प्रसाईले जानकारी दिएका छन्। 
पुत्ला दहन पश्चात सडक अबरुद्ध गरेर गरिएको भएकोण सभामा बोल्दै झापामा राष्ट्रवादी व्यक्तित्व गिरिराज पौडेलले नागरिकता विधेयक चकलेट जस्तै बाड्न खोजिएकोले राष्ट्रियता नै धरापमा परेको भन्दै सरकारले तत्काल यो विधेयक खारेज गर्नुपर्ने माग राखेका छन्। 
कोण सभालाई कार्यक्रमका नेतृत्वकर्ता सन्तोष बिमलीले सम्बोधन गर्दै नागरिकता विधेयकले देशको स्वाधीनता, सार्वभौमसत्ता नै दाउमा लगाएको र यसले भोलि देशभित्रका नागरिकहरुलाई नै विस्थापित गर्ने र भविष्यमा देशभित्र आफ्नै अस्तित्वको लागि संघर्ष गर्नुपर्ने अवस्था आउने कुरा औंल्याएका थिए। 
कार्यक्रममा केन्द्रिय अभियन्ता लोकेश बस्नेत, युवा अभियन्ताहरु संजीव मैनाली ,सोना गेलाल, लगायत  स्थानीय युवा र विभिन्न  सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।  
अभियानले नागरिकता विधेयक विरुद्धको आन्दोलन चरणबद्ध रूपमा गर्ने बताएको छ। शनिबारको लागि बिर्तामोडमा सशक्त विरोध प्रदर्शनको तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

Photo: Charan Jang Prasai

 

No description available.

 

 

Views: