d

झापामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गर्यो महंगी विरुद्द थाल ठटाएर प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम आज बुधबारबाट सुरू भएकाे छ।कार्यक्रमअनुसार बुधबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रम गरेकाे छ ।भान्सा महंगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न बनाउन राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रुपमा ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको झापा जिल्ला अध्यक्ष केशव ओझाले भन्नू भयाे।

देशमा भएकाे मूल्य बृद्दि ,नागरिकता सम्वन्धि बिधेयक काे बिराेध र हत्या हिङ्सा बलत्कारका घट्नाकाे बिराेधमा झापाकाे बिर्तामोड मा पनि आज बिराेधकाे कार्यक्रम गरेकाे छ।रा्प्रपा महिला सङगठन झापाकि अध्यक्ष शारदा ढकालकाे संयाेजनमा भएकाे कार्यक्रममा नगर अध्यक्ष रन्जु प्याकुरेल, दमक नगर अध्यक्ष राप्रपा महिला सङ्गठन रिता थापा,राधा पाेखेरल महिला सङ्घकि केन्द्रीय सदस्य,रा्प्रपा जिल्ला अध्यक्ष केशव अाेझा,लगायतले सरकारकाे बिराेध गर्नु भएकाे थियाे।कार्यक्रमकाे सञ्चालन बिर्तामोड राप्रपा महिला सङ्गठनकि अध्यक्ष शिखा खड्का गणेशले गर्नु भएकाे थियाे।

May be an image of 9 people, people standing and outdoors

Views: