d

ओली झापामा: आज आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ता संग भेटघाट गर्ने  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: संघीय र प्रदेश सांसदको पदावधी सकिनै लाग्दा नेकपा एमाले अध्यक्ष के. पी. ओली झापामा कार्यकर्ता भेटघाटमा व्यस्त छन्।  बुधवार झापा आईपुगेका ओलीले झापा १, २, र ३ मा पार्टी कार्यकर्ता संग भेटघाट गरेका छन्।  आज बिहिबार दिनभरी आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह र गौरीगन्जमा पार्टी कार्यकर्ता संग भेटघाट र अन्तरक्रिया गर्ने बताइएको छ।  


निर्वाचनकै सन्दर्भमा कार्यकर्ता संग भेटघाट र परामर्स गर्ने उद्देश्यका साथ अध्यक्ष ओली झापा आउनु भएको एमाले गौरादह नगर कमिटि अध्यक्ष मित्र देव काफ्लेले जानकारी गराए।  

 

 

'अध्यक्ष ओली र क्षेत्र न. ५ का एमाले कार्यकर्ताबिच निर्वाचनकै सन्दर्भमा छलफल हुने हो, अध्यक्ष ओली यसै सन्दर्भमा झापा आउनुभएको हो।', नगर अध्यक्ष काफ्लेले भने।  

राप्रपा संग मिलेर चुनाव लड्ने सम्बन्धमा समेत चर्चा चल्ने गरेको भएतापनि यस विषयले मुर्तरुप लिई नसकेको काफ्लेको भनाई छ।  
   

विगतमा सामान्य दुरी बढेको एमाले र राप्रपा निर्वाचनमा सहकार्य हुन सक्ने सम्भावना चुलिदै गएको छ। भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा  दमक, कमलमा एमालेले मुख्य पद गुमाएता पनि कुलमतको हिसाबमा एमालेको राम्रै वर्चस्व रहेको एमाले जिल्ला कमिटि सदस्य तथा गौरादह नगर इन्चार्ज नगेन्द्र भण्डारी बताउछन्।  

'एक / दुई पद गुमाउदैमा खासै फरक पर्ने हुदैन, हामी क्षेत्र न. ५ मा बलियो छौं ।' , भण्डारीको भनाई छ । 

गौरादहमा मेयर र उपमेयर सहित सम्मानजनक बहुमत हासिल गरेको एमालेले गौरीगन्ज  गाउँपालिकामा भने अध्यक्ष गुमाएता पनि उपाध्यक्षमा वर्चस्व राख्न सफल भएको छ।  यद्दपी गौरीगन्जको गाउँ कार्यपालिकामा एमालेको अल्पमत रहेको छ।  

 

अध्यक्ष ओलीको आजको शेड्यूल 

आजको तालिका अनुसार अध्यक्ष ओली बिहान ९ बजे दमक, ११ बजे कमल, १२ बजे गौरादह र ३ बजे गौरीगन्जमा छुट्टाछुट्टै आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमा सहभागी हुने बताइएको छ।  file photo

 

Views: