d

राप्रपाले क्षत्रीय स्तरको आन्दोलन छेड्ने (बिज्ञप्ती सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: महंगी, भ्रस्टाचार र त्रुटिपूर्ण नागरिकता बिधेयकको विरोधमा सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी रुपमा क्षेत्रीय स्तरको आन्दोलन गर्ने भएको छ।  राप्रपाको  केन्द्रिय आन्दोलनको कार्यक्रम अनुसार आगामी श्रावण १४ गते देश भरका निर्बाचन क्षेत्रमा क्षेत्रीय समितिको आयोजनामा बिरोध प्रदर्शन सहित कोण सभाको आयोजना गर्ने भएको हो।  

नागरिकले सहनै नसक्ने गरि मूल्य बृद्दि गरिएको, पेट्रोलियम पदार्थको मूल्य जथाभावी रुपमा बढाइएको, किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको तथा मुलुकको स्वाभिमाननै धरापमा पार्ने गरि नागरिकता विधेयक थोपरिएको तथा  जनजीविकाका सवालमा पार्टीले उठाएका मागहरु सरकारले बेवास्ता गरेको भन्दै उसले चरणबद्द आन्दोलन गरिरहेको छ।

 आफ्ना मागहरु प्रति यसरीनै बेवास्ता गर्दै गए आगामी दिनमा अझ सशक्त रुपमा आन्दोलन गर्ने राप्रपाले चेतावनी दिएको छ।

 

No photo description available.

 

May be an image of textNo photo description available.May be an image of text 

Views: