d

गौरादहका दुई बिद्यालयलाई मिल्यो सिटिइभिटीको सम्बन्धन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका भित्र पर्ने दुईवटा माध्यमिक बिधालयहरुमा प्राबिधिक विषयको पठनपाठन थप हुने भएको छ।  गौरादह ५ मा अवस्थित भद्रकाली मा. वि. र गौरादह ४ डोरामारीमा रहेको डोरामारी मा. वि. मा  CTEVT का कक्षाहरु यसै शैक्षिकसत्र बाट संचालन हुने भएको हो।    

 डोरामारी मा.वि. मा प्राबिधिक तर्फको तिनबर्षे डिप्लोमा कृषि बालिबिज्ञानको अध्यापन हुने भएको छ भने अर्को विद्यालय भद्रकाली मा. वि. मा प्राबिधिक तर्फकै सुचना प्रविधि (IT ) सम्बन्धी  तिन वर्षे डिप्लोमा अध्यापन हुने बताइएको छ।  

दुई विद्यालयलाई प्राविधिक कक्षाको सम्बन्धन प्राप्त भएसंगै बिद्यार्थी सर्वसुलभ रुपमा प्राविधिक शिक्षा पढ्न पाउने भएका छन्।   

विगत ४/५ वर्ष देखिनै  वडा न. १ मा रहेको जनता मा. वि. मा शिक्षा मन्त्रालय अन्तर्गतको सुचना प्रविधि कक्षाहरु संचालनमा छन्।  

थप दुई विद्यालयमा प्राबिधिक शिक्षाका कक्षाहरु थप  भएसंगै गौरादह नगरपालिकालाई शैक्षिक गन्तब्य बनाउने प्रयासमा महत्वपूर्ण उपलब्धि हासिल भएको नगर प्रमुख छत्रपति सुवेदी बताउनु हुन्छ।  

'हामीले घोषणापत्रमै उल्लेख गरेर प्राविधिक बिद्यालयहरु स्थापना गर्ने प्रतिवद्दता व्यक्त गरेका थियौं, दुई वटा विद्यालयमा एकै साथ सम्बन्धन प्राप्त हुनु नितान्त गौरवको कुरा हो।', पर्दाफास संग कुरा गर्दै नगरप्रमुख सुवेदीले बताउनु भयो।  

' अर्को वर्ष देखिनै अनमिन र भेटनरी सम्बन्धी प्राविधिक कक्षा संचालन गर्ने प्रयास रहेको छ।', वहाँले बताउनुभएको छ ।  

अनमिन कक्षा यसै वर्ष देखि सुचारु गर्न सकिने भएता पनि भौतिक संरचना र जनशक्ती अभावका कारण यस वर्ष सुचारु गर्न नसकिएको वहाँको भनाई छ।  

 

Views: