d

अधिकारीलाई थप सफलता, केन्द्रिय सल्लाहकारको जिम्मेवारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ:  पत्रकार जीवन चन्द्र अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका छन् । ओमकार टाइम्स मिडिया प्रालिमा एसोसियट रहेका पत्रकार अधिकारी यस अघि किसान संगठनको महासचिव थिए । 

सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारी विगत ३ महिना देखि बेड रेस्टमै छन् ।   स्थानीय निर्वाचनमा उनि झापा स्थित गृहनगर गौरादह ७ मा उम्मेद्बार रहि प्रचारप्रसारको सिलसिलामा रहदै गर्दा सवारी दुर्घटनामा परेका थिए। स्वास्थ्य अवस्था असामान्य रहेकै बखत पनि अधिकारी पार्टीका आन्तरिक गतिविधिमा निकै सक्रिय रहदै आएका छन् । भात्री संगठनको केन्द्रिय सल्लाहकार बन्न सफलता प्राप्त गरे संगै अधिकारी राष्ट्रिय राजनीतिमा पहुँच राख्न सफल भएका छन् भने नजिकिदै गरेको संघीय र प्रदेश सभा निर्वाचनमा टिकट दावी गर्न समेत आफुलाई सहज भएको अधिकारी बताउछन् ।

Views: