d

गौरादह जेसीजले दियो किसानलाई कृषि अभिमुखिकरण तालिम

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झगेन्द्र खड्का 
गौरादह/बालिमा बिषादीकाे प्रयाेगलाई न्युनिकरण गरि उत्पादन  बढाउन किसानलाई कृषि अभिमुखिकरण तालिम दिइएको छ। गौरादह जेसीजकाे आयाेजनामा संचालन गरिएकाे तालिममा नगरपालिका भित्रका किसानहरु सहभागी भएका थिए। नगरपालिका भित्र रहेका कृषि समुहहरुबाट प्रतिनिधित्व हुने गरि ५० भन्दा बढी किसानहरुकाे उपस्थिति रहेकाे थियाे। वडा नं -१ काे सभाहलमा संचालन गरिएकाे तालिममा नगरपालिका भित्र रहेका किसानहरुलाई खेतीमा आकर्षण बढाउन तालिम आयाेजना गरिएकाे जेसी क्रान्तिदिप काफ्लेले जानकारी गराए।किसानहरुले घामपानि सहेर दु:ख कष्टका साथ खेती गरेपनि कतैबाट रहात नपाउदा किसानहरु निरास भएकाले किसानकाे आत्मामनाेबल बढाउन तालिम संचालन गरिएकाे जेसी काफ्लेको भनाइ छ।ब्यापारीक दृष्टिकोणले गरिने खेती प्रणालीमा भिटामिन तथा बढी बिषादिकाे प्रयाेग गरिदा मानव जीवनमा नराम्राे असर पर्ने भएकाले त्यसतर्फ किसानहरु सजक हुनुपर्ने कार्यक्रम संयाेजक जेसी बिक्रम तिवारीले बताएका छन। कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्दै तिवारीले पुरानाे खेती प्रणालीबाट आधुनिक खेती प्रणालीको बिकास हुँदै गएकाले थाेरै जमिनमा पनि उत्पादन बढाउदै बढी आम्दानी लिन सकिने भएकाले किसानहरुलाई निरास नहुन आग्रह गरेका छन।तालिममा सहभागी किसानहरुलाई गौरादह कृषि क्याम्पसका उप- प्रध्यापक सुबाेध खनालले सहिजिकरण गर्दै बिषादी प्रयाेगकाे न्युनिकरण, उत्पादन बढाउने तरिका, आधुनिक खेती प्रबिधि, थाेरै जमिनबाट बढी उत्पादन लिने तरिका, बिषादी प्रयाेग गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका बिषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि गौरादह कृषि क्याम्पस प्रमुख कृष्णहरि देबकाेटाले गौरादह नगरपालिका भित्र रहेका अधिकांश नागरिकहरु कृषिमा आश्रित रहेकाले बालिमा लाग्ने राेगकाे निराकरण गर्दै उत्पादन बढाई किसानकाे जीवन स्तर उकास्न समयसमयमा किसमनलाई तालिम दिन आवश्यक रहेकाे धारणा राखेका थिए। कार्यक्रममा पुर्वान्चल कृषि क्याम्पस प्रमुख अनिल कृष्ण प्रसाईं, गौरादह जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी एकराज घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए।गौरादह जेसीजकि अध्यक्ष जेसी बिनिता कटुवालकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।

Views: