d

विरगंजमा राप्रपाको एक घर एक झण्डा अभियान

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीले विरगंजमा एक एक घर एक झन्डा अभियान सुरु गरेको छ।  केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यतामा आजबाट उक्त अभियानको सुरुवात गरिएको बताइएको हो।  

कार्यक्रमलाई अध्यक्ष लिङ्गदेनले सम्बोधनगर्दै नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न सक्ने बताए।

उनले मुलुक आर्थिक रुपमा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने बताए। उनले मुलुक सेन्डिकेटमा चलिरहेको समेत आरोप लगाए।

लिङ्देनले गठबन्धनका नेताहरु विदेशीको अगाडि लम्पसार हुने गरेको आरोप लगाए। उनले राप्रपाले अहिलेको प्रणालीको पनि परिवर्तन गर्न चाहेको बताए।

राप्रपाले प्रत्यक्ष प्रधानमन्त्री र अभिभावकको रुपमा राजालाई स्वीकार्ने उनले बताए। सङ्घीयता खारेजभन्दा प्रदेश संरचना हटाउने पार्टीको मूल एजेन्डा भएको लिङ्देनले बताए। file photo

Views: