d

  राप्रपाको पक्षमा वीरगंजमा देखियो जनलहर (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा वीरगंजमा जनलहर देखिएको छ।  आज सोमबार एक घर एक झण्डा अभियानको सुरुवात गर्न विरगंज आइपुगेका अध्यक्ष राजेन्द्र लिङ्गदेनको हात बाट भारी संख्यामा स्थानियहरु राप्रपा प्रवेश गरेका हुन्।


  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


अध्यक्ष लिङ्गदेनले सामुहिक रुपमा उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए।
  
नयाँ प्रवेशीहरुमा अधिकांश एमाले, कांग्रेस र माओबादीका स्थानिय नेता तथा कार्यकर्ता रहेको बताइएको छ।  

कार्यक्रमलाई अध्यक्ष लिङ्गदेनले सम्बोधनगर्दै नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न सक्ने बताए।

उनले मुलुक आर्थिक रुपमा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने बताए। उनले मुलुक सेन्डिकेटमा चलिरहेको समेत आरोप लगाए।

लिङ्देनले गठबन्धनका नेताहरु विदेशीको अगाडि लम्पसार हुने गरेको आरोप लगाए। उनले राप्रपाले अहिलेको प्रणालीको पनि परिवर्तन गर्न चाहेको बताए।

राप्रपाले प्रत्यक्ष प्रधानमन्त्री र अभिभावकको रुपमा राजालाई स्वीकार्ने उनले बताए। सङ्घीयता खारेजभन्दा प्रदेश संरचना हटाउने पार्टीको मूल एजेन्डा भएको लिङ्देनले बताए। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

Views: