d

गौरादह जेसीज र वाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 
गौरादह/गौरादह जेसीजले १०औं स्थापना दिवसका अवसरमा गरिब तथा बिपन्न बिद्यार्थीहरुकाे अभिभावकत्व ग्रहण गर्दै तालिम सप्ताह संचालन गरिरहेकाे छ।तालिम सप्ताह अन्तर्गत मंगलबार उद्योगी र व्यावसायिहरुलाई कर सम्बन्धि अवधारणाकाे जानकारी गराउन गौरादहमा कर शिक्षा कार्यक्रम संचालन गरिएकाे छ।गौरादह जेसीज र गौरादह उद्योग बाणिज्य संघकाे संयुक्त आयाेजनामा संचालन गरिएकाे कर शिक्षा कार्यक्रममा नगरपालिका भित्रका ८० भन्दा बढी व्यावसायिहरुकाे सहभागीता रहेकाे थियाे। कर शिक्षा कार्यक्रममा सहभागीहरुलाई आन्तरिक राजस्व कार्यलय दमकका प्रमुख डमरु प्रसाद पराजुली र कर अधिकृत देबेन्द्र लिम्बुले सहजिकरण गरेका थिए। कर शिक्षा कार्यक्रममा सहजिकरण गर्दै उद्योगी व्यावसायिहरुलाई करकाे अवधारणा, कारकाे आर्थिक ऐन सम्बन्धि करका दर रेटमा भएका परिवर्तन, कर भुक्तानी प्रक्रिया, कर कार्यलय र करदाता बिच शून्य दुरि कायम गरि अनलाइन बाट कर भुक्तानी गर्न सकिने तरिका र कर समयमा तिर्दा हुने फाइदा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जेबि कार्कीले उद्योगी व्यावसायिहरुलाई कर शिक्षा कार्यक्रम आयाेजना गर्नुकाे औचित्य दर्साएका थिए।कार्यक्रममा सहभागीका तर्फबाट नमस्ते बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ददिराम घिमिरेले मन्तब्य राखेका थिए।तालिम सप्ताह अन्तर्गत गौरादह जेसीजले किसानलाई कृषि अभिमुखिकरण,जेसीज सदस्य शिक्षा लगायतका तालिम र याेग तथा ध्यान शिबिर संचालन गरेकाे र बुधबार नारि आत्मारक्षा तालिम संचालन गर्ने गौरादह जेसीजका पुर्ब अध्यक्ष जेसी क्रान्तिदिप काफ्लेले जानकारी गराए। गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालकाे सभापतित्वमा तालिम कार्यक्रम सम्पन्न भएकाे थियाे।कार्यक्रममा गौरादह जेसीजका पुर्ब अध्यक्ष तारा कुमार श्रेष्ठ र हरिषचन्द्र अधिकारी लगायतको उपस्थिति रहेकाे थियाे। कार्यक्रम संयाेजक जेसी सुमन खत्रीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा महासचिव जेसी खड्गबहादुर थापाले गरेका थिए। 

Views: