d

विर्तामोडमा राप्रपाको विरोध प्रदर्शन, जलाईयो प्रधानमन्त्रीको पुत्ला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विर्तामोड – राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोड नगर समितिले आज देशमा भएको बेथिति विसंगति भष्ट्राचारको विरोध गर्दै कोण सभा गरेको छ ।

जुलुस प्रर्दशन सहित उनीहरु विर्तामोड नगर परिक्रमा पश्चात मुक्तिचोकमा भेला भएका थिए । कोण सभामा बोल्दै राप्रपा विर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल बरालले देशको ७७ जिल्लामा भएको विरोध सभामा राप्रपा विर्तामोडको एक्येवद्धता जनाउदै यो सरकारले तुरुन्त नागरिक विधेयक सुधार्नु पर्ने माग राखेकी छन ।3 1

उनले भष्टाचार मौलाउदै यसरी जाने हो भने अव राप्रपाले विरोधको कार्यक्रमलाई तिव्रता दिदै सडक बाटै यो सरकारलाई घुडा टेकाउने चेतावनि पनि दिएकी छन । राप्रपाले असारमा सरकारलाई दिएको ज्ञापन पत्रको बारेमा सरकारले कानमा तेल हालेर बसेको भन्दै राप्रपाका कार्यक्रताले प्रधानमन्त्रिको तस्विरमा आगो लगाएर पनि विरोध  जनाका थिए । News/photo: Binju media 

Views: